प्यूठानमा उद्योग वाणिज्य संघले जिल्लामा अनधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निषेध गरेको छ।
वैधानिक रुपमा व्यवसाय संचालन गर्नुकाे साटाे घुमन्ते व्यापारीहरु बाहिर जिल्लाबाट समेत जिल्लामा प्रवेश गरि मनाेमानी रुपमा विभिन्न काराेबार गर्नाले वास्तविक व्यवसायीहरु मारमा परेका नितिगत रुपमै घुमन्ते व्यापारीलाई निषेध गरेकाे उद्योग वाणिज्य संघ प्युठानले जनाएको छ।
यसअघि कतिपय स्थानीय तहले यस्ता व्यापारीलाई सचेत गराउदै आएको भएपनि त्यस्ता व्यापारीले बेवास्ता गरेपछि अहिले जानकारीका लागि जिल्लाका प्रमुख व्यापारीक केन्द्र र सिमाक्षेत्रहरुमा हाेर्डिङ बाेर्ड राखेर सचेत गराउने काम भएको र अझै अवस्था न्युनीकरण नभए कारबाही समेत गरिने प्युठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यले बताए।
त्यस्ता व्यापारीबाट कर छली खुलेआम भएको र काराेबारी वस्तुहरु पनि गुणस्तरहिन हुने गरेकाे पाइएको छ। यसाे गर्दा वास्तविक व्यवसायीहरु करकाे दायरामा आउने हुदा व्यवसायी, राज्य र उपभोक्ता सबैलाई टेवा पुग्नेछ महासचिव आचार्यले बताए।