वैदेशिक राेजगारका लागि मलेसिया पुगेका एक युवा समुन्द्रमा डुबेर बेपत्ता भएका छन।
रोल्पाकाे परिवर्तन गाउँपालिका वडा नं. ३ बागमाराका गणेश राना समुन्द्रमा डुबेर बेपत्ता भएको मलेसिया स्थित नेपाली राजदुतावासले जनाएको छ।
चाइनिज नयाँ वर्षकाे अवसरमा कम्पनीले दिएको बिदामा साथीहरू संग समुन्द्रमा घुम्न गएका राना साेमबार स्थानीय समय अनुसार बेलुका साँझ ५ बजेतिर समुन्द्रमा डुबेर बेपत्ता भएको दुतावासका प्रबक्ता प्रेम बुढा थापाले बताए।
हराइरहेका राना कार्यरत कम्पनी संग सहकार्य गरि खाेजिकार्य भइरहेको थापाले बताए।