पुर्व उपराष्टपति नन्दकिशोर पुनका छाेरा दिपेश पुन विरुद्ध सहकारी ठगी आराेपमा मुद्दा परेको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडितहरूले अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुन सहित, प्रतिनिधि सभा सदस्य तथा रास्वपाका सभापति रवि लामिछाने लगाएत १५ जना विरुद्ध साेमबार जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी उपरीक्षक मोहनबहादुर थापाले बताए।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि देखि नै रास्वपाका सभापति लामिछानेविलरूद्ध जाहेरी दिईसकेकाे भएपछि अहिले दिपेश संग पनि लामिछाने विरुद्ध जाहेरी दिएका हुन।

सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र तत्कालीन समयमा टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ। सहकारीका संचालक जिबि राई भने अहिलेसम्म फरार छन।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार