स्थानिय तह बित्तिय सुशासन जोखिम मुल्यांकनका आधारमा सल्यानकाे कपुरकाेट गाउँपालिका नेपालकै दाेस्राे र कर्णाली प्रदेशको पहिलो स्थानमा परेको छ।
चालु आर्थिक वर्ष २०७९/०८० मा तय भएका कार्यक्रम र त्यसका कार्य प्रगतिलाई मूल्यांकनको मुख्य आधारका रुपमा लिइ प्रत्येक स्थानीय तहहरुलाई १०० पुर्णाङकमा निर्धारण गरि विभिन्न शिर्षकहरुमा मुल्यांकन गरिन्छ । जस अनुसार योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा (शतप्रतिशत) २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २७.५(९४.८३ प्रतिशत), लेखांकन तथा प्रतिवेदनमा १७ (शतप्रतिशत), अनुगमन मूल्यांकन तथा लेखा परीक्षणमा १६ (शतप्रतिशत) र राजस्व व्यवस्थापनमा १५.५ (९१.१८ प्रतिशत) अंक प्राप्त गरेको छ।
याे नतिजा अनुसार कपुरकाेट गाउँपालिकाले कुल ९७ प्रतिशत अंक पाएर दाेस्राे भएको छ भने सिन्धुपाल्चोककाे मरिण गाउँपालिकाले ९७.५ प्रतिशत अंक पाएर पहिलाे स्थानमा छ भने दैलेखको भगवतीमाई गाउँपालिका ९५ प्रतिशत अंक लिएर तेस्राे स्थानमा छ। गत आर्थिक वर्षमा पहिलाे भएको सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका याे वर्ष ९४.५ प्रतिशत अंक पाएर चौथो स्थानमा झरेको छ।
त्यसैगरि जिल्ला समन्वय समितिले आ.व २०७९/८० को सम्पुर्ण पालिका र जिल्ला स्थित कार्यालयहरुको प्रगतिको आधारमा जम्मा १०० पुर्णाङ्कमा मुल्याङ्कन गरेकोमा सल्यानका १० वटा स्थानिय तहहरु मध्यमा कपुरकोट गाउपालिका पहिलो भएको थियाे।