रुसी सेनामा भर्ती भएका फेरि एक नेपालीको मृत्यु भएको छ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए ।

मृतक गुरुङ सँगै रुसी सेनामा पुगेका साथीहरुले जर्मनीमा रहेका मृतकका भाइ कुमार गुरुङलाई मृत्युको खबर पठाएपछि मात्रै नेपालमन परिवारले पुस २९ गते थाहा पाएका हुन। यसअघि ११ जनाकाे मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार