माघ १४ बझाङ – गाउँपालिका अध्यक्षका छाेरा विद्यालयकाे अध्यक्षमा पराजित भएपछि बझाङमा एक युवाको हत्या गरिएको छ।

जनहितकाे लागि जारी सन्देश
छबिस पाथिभेरा गाउँपालिकाको वडा नं ३ स्थित श्री बान्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिलाई पुर्णता दिनेक्रममा सर्वसम्मति नहुदा मतदान प्रक्रिया अपनाउदा राजनीतिक धार बाडिएपछि विवाद सुरु भएको हाे। विवादकै बिच मतदान प्रकिया चल्याे।

तस्बिर: अर्जुन सिलवालकाे फेसबुक पेजबाट
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काका अनुसार उम्मेदवारीको रुपमा नेकपा दाहाल-नेपाल समुहबाट छबिस पाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामीका छोरा गजेन्द्र धामी र नेपाल काङ्ग्रेस अन्य दलकाेे समर्थनमा लाेकेन्द्र बाेहाेरा चयन भए। चुनावकाे मतपरिणाम अनुसार नेकपा दाहाल-नेपाल समूहका उम्मेदवार तथा गाउपालिका अध्यक्षका छाेरा गजेन्द्र धामी पराजित भए। यस पश्चात् दाहाल-नेपाल समुहका कार्यकर्ताले विजयी पक्षका समर्थकमा रहेका नेपाली काङ्ग्रेस निकट अमृत सिंह माथि खुकुरी प्रहार गरी हत्या गरेका छन।

तस्बिर: अर्जुन सिलवालकाे फेसबुक पेजबाट
चुनावमा धामीका छोरा पराजित भएपछि वडा नम्बर २ का अध्यक्ष विकास ऐडीको नेतृत्वमा आक्रमण भएको र उनैले हत्यामा संलग्न रहेकालाई मोटरसाइकलमा राखेर भगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन । अहिले प्रहरीले घटनामा प्रत्यक्ष संल्गन भएकाेे भन्दै प्रकाश ऐडी पक्राउ परेको र ज्ञानबहादुर कठायत फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।