रुन्टीगढी गाउँपालिका वडा नं ८ ले बुधबार वडा स्तरीय भलिबल खेल उद्घाटन कार्यक्रम गरेको छ ।
“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराको साथमा खेलकुद आयोजना गरिएको हो । यस वडा मा भलिबल प्रतियोगीता पहिलो पटक गरिएको हो । वडा न ८ मा खेल र खेलाडीको बिकास गर्ने उदेश्यले २०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार खेलकुद आयोजना गरिएको हो । खेल मैदान अभावका कारणले वडामा राखिनुपर्ने खेल वडा न ८ को खसगोरी खेलमैदानमा राख्न बाध्य भएको वडा अध्यक्ष तुलसी पुनले बताइन् ।
`यो भन्दा पहिलेका जनप्रतिनीधीहरुले यस वडालाइ खेल क्षेत्रमा अगाडी लैजानु पर्छ भन्ने सोच राखेर खेल क्षेत्रको बिकास गरेकाे भए अहिले यस खालको समस्या आउने थिएन´ अध्यक्ष पुनले भनिन्।
त्यस्तै यस वडा खेलकुद, शिक्षा, स्वास्थ्य,क्षेत्र लगाएत विभिन्न विकास हिसाबले पनि पछि परेको र बिकट वडा भएकोले यस वडालाइ अन्य वडा संग सगै लैजानु पर्ने भएको गाउँपलिका अध्यक्ष जनक पुनले बताए । पुर्व जनप्रतिनीधीहरुले यस वडामा खासै चासो नदेखाएको हुदा यो देढ वर्षको अबधी सम्म गाउँपालिकामा भएको बिभिन्न खेलकुदहरुमा यस वडाबाट कुनै पनि खेलाडी सहभागी नभएको कुरा निकै दुखद पक्ष भएको बताउदै आगामी दिनमा यस वडामा पनि खेल क्षेत्रको विकास गरि खेलाडीलाइ अन्य वडा सरह प्रतिस्पर्धामा उतार्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष पुनले बताए।
कार्यपालिका सदस्य रेस्मा बहकरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता वडा नं ८ का अध्यक्ष तुलसी पुन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जनक पुन, बिशिष्ट अतिथी एकिकृत नेकपा माओवादी पार्टी लुम्बीनी प्रदेश कमिटी सदस्य गोबिन्द पुनकाे रहेको थियो भने कार्यक्रमको सहजिकरण वडा सचिव हस्त दर्लामीले गरेका हुन।