रुन्टीगढी गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय माबि रिठाबोटले अर्ध वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विद्यार्थीको नतिजा तथा पढाइ कमजोर भएकोले सुधार गर्ने उदेश्यको साथ नतिजा सार्वजनिक गरेको विद्यालय प्रशासनले जनाएको छ।
अर्ध वार्षिक परिक्षा भई सक्दा समेत नतिजामा सुधार आउन नसकेकाले नतिजा सुधार गर्न के गर्न सकिन्छ भन्ने विषयमा विद्यालयले अन्तरक्रिया कार्यक्रम समेत गरेकाे छ । विद्यालयका विद्यार्थी, शिक्षक, बिद्यालय व्यवस्थापन समिति, अभिभावक , तथा सरोकारवाला निकाय बिच मंगलबार अन्तरक्रिया कार्यक्रम भएको हो ।
जति प्रयास गर्दा समेत नतिजा शुन्य तथा विद्यालयको पढाइमा सुधार हुन नसके पछि कसरी सुधार गर्न सकिन्छ भनेर अन्तरक्रिया गरिएको प्रधानाध्यापक झग्गु वलीले बताए। “हामीले हर प्रयास गर्दा पनि विद्यार्थीको पढाइ सुधार गर्न सकेनौ हामी प्रयासरत छौ तर शिक्षाको अबस्था भने सुधार हुन सकेन” । उनले भने। नतिजा सुधार गर्न अभिभावककाे पनि ठुलो भुमिका तथा जिम्मेवारी हुन्छ तर अभिभावाक आफ्नो वालबालिका प्रति खासै गम्भीर नदेखिएको पनि उनलेे बताए। ।
कक्षा ८ र एसइइ मा नियमित उर्तीण हुने बिद्यार्थीलाइ होस्टेल शुल्क नलिने समेत प्रधानाध्यापक वलीले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले नतिजा सुधार गर्न स्वयम विद्यार्थी अभिभावक तथा शिक्षकको भुमिका महत्वपुर्ण हुने बताउदै सुधार गर्न अनुशासन पालना गर्नु पर्ने बताए। विद्यालयमा शिक्षक कति बेला आउने ,विद्यार्थी कतिबेला आउने कुराको पनि ख्याल गरि अभिभावकले मेरो बच्चा बच्ची विद्यालय गयो की गएन भनेर निग्रानी गर्न पनि आग्रहमा गरे । विद्यालयको प्रशासन समेत कडा भयो भने मात्र पढाइ गुणस्तर हुने कुरा समेत उल्लेख गर्दै “यस वर्ष देखि विद्यालयको नतिजा खस्कियो भने कारवाही र नतिजा राम्रो भयो भने हौसला दिइने ” अध्यक्ष पुनले बताए ।
विव्यस अध्यक्ष बाग्दल डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन , अतिथिमा वडा नं १ का वडा अध्यक्ष थम बहादुर घर्ती , तथा राजनितिक दलका प्रतिनीधीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण प्रधानाध्यापक झग्गु वलीले गरेका थिए।