राेजगारकाे सिलसिलामा मलेसिया पुगेका राेल्पाका एक जनाकाे मृत्यु भएको छ।
काम गर्ने क्रममा भवनको दुई तला माथिबाट खसेर गम्भीर घाइते भएका रोल्पाको रुण्टीगढी गाउँपालिका -२ लामिडाँडाका विष्णुबहादुर बोहराको मलेसियामा साेमबार बिहान गरिब २ बजेतिर मृत्यु भएको मृतकका बुवा होमबहादुर बोहराले बताए।
१५ महिना पहिले मलेसिया पुगेका छाेरा लडेर घाइते भएपछि अस्पताल भर्ना भइसकेपछि अवस्था गम्भीर रहेकाले हेरचाहका लागि मलेसियामा रहेकाे राेल्पाली सेवा समाज मलेसियाको पहलमा मृतक विष्णुलाई पठाउने म्यानपावर एजेन्सी र रोजगारदाता कम्पनी मार्फत छाेराकाे हेरचाहका लागि मलेसिया पुगेका बुवा हाेमबहादुर साेमबार बेलुका ६ बजे रित्तो हात नेपाल फर्किएका छन।
मृतक बोहरा मलेसियास्थित DBTS Industries Sdn.Bhd. नामक कम्पनीमा रङ लगाउने काम गर्थे काम गर्ने क्रममा बिल्डिङको दुई तला माथिबाट लडेर गम्भीर घाइते बोहरालाई TUNKU AMPUAN RAHIMAH HOSPITAL KLANG MALAYSIA मा राखेर विगत २ महिनादेखि उपचार भइरहेको थियाे।
उपचारमा धेरै खर्च भइसकेकोले पारिवारिक अवस्था नाजुक भएको भन्दै उनकाे उपचारार्थ उनका आफन्तहरुले आर्थिक संकलन समेत गरिरहेका थिए। करिब २ महिना मलेसिया उपचाररत उनलाई अब नेपालमै ल्याएर उपचार गराउने याेजनामा रहेकाेमा छाेराकाे मृत्यु नै भएको बुवा हाेम बहादुरले बताए।
शवलाई नेपाल पठाउन राजदुतावासले आवश्यक कागजपत्रहरु तयार गरिरहेकाे र राेजगार दाता कम्पनी संग समन्वय गरि मृतकको शवलाई छिट्टै नेपाल पठाउने नेपाली राजदुतावास मलेसियाले जनाएको छ।
एक सातामा २ जना राेल्पालीकाे मृत्यु
यहि साता मात्रै मलेसियामा मृत्यु हुनेमा विष्णुबहादुर संगै दुई जना राेल्पाली युवाकाे मृत्यु भएको छ।
४ महिनाअघि मात्रै मलेसिया पुगेका रोल्पाकाे राेल्पा नगरपालिका १० धवाङका २६ वर्षीय अनिल रोकाकाे मृत्युु भएको हाे।
मलेसियामा TEY KEE FROZEN FOOD & TRADING SDN.BHD. कम्पनी जोहोरबारुमा कार्यरत थिए। काम गर्नेक्रममा गम्भीर बिरामी परेका रोकालाई प्राथमिक उपचारपछि HOSPITAL SULTANAH AMINAAH JOHOR BAHRU मा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको हस्पिटलमा मृत्यु भएको हाे।
मृत्युपछि मलेसियास्थित नेपाली राजदूतावासले आवश्यक सबै कागजपत्रहरु तयार गरी मलेसिया स्थित रोल्पाली सेवा समाज मलेसिया शाखाकाे पहलमा गएराति उनकाे शव काठमाडौमा परिवारले बुझिसकेका छन।