रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको छ।
यसअघि आज दिउँसोसम्म स्याङ्जाका हरि अर्यालकाे मात्रै मृत्युु भएको सरकारी निकायबाट जानकारी आएपनि परराष्ट्र मन्त्रालयले भने कुनै आधिकारि जानकारी नआएकाे जनाएको थियाे। अपरान्ह तिर स्याङ्जाका अर्याल संगै कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई बताए।
स्याङ्जाको वालिङकाअर्याल पूर्व नेपाली सैनिक रहेको खुलेको छ। उनी गत कात्तिकमा मात्रै दुबईमा हुदै युक्रेन पुगेका थिए। याे संगै रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु हुनेकाे संख्या १० पुगेको छ।