शारदा नगरपालिका स्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ ।

त्रिभुवन जन मावि लुहापिङको प्राङगनमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय बेदराज सिंहले गरेका थिए।

कार्यक्रममा बोल्दै मन्त्री सिंहले शारदा नगरपालिका सल्यान जिल्लाको सदरमुकामको पालिका रहेको र नगरप्रमुख प्रकाश भण्डारीले जिल्ला स्तरिय रंगशालाको आवश्यकता रहेको कुरा आफु संग राखेकाले रंगशाला निर्माणको लागि निर्माणका लागि आफ्नो भूमीका रहने बताए। नगरपालिकाले खेलकुद प्रबद्र्धनमा गरेको कामको प्रशंसा गर्दै नगरको समग्र विकासका लागि आवश्यक सहयोग गर्ने पनि बताए।

त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश भण्डारीले संस्कार र अनुशासनको दायरामा रहेर खेल खेल्न र खेल संचालन गर्न निर्देशन दिए । नगरपालिकाले शिक्षा, स्वास्थ्य लाई झै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए।

शारदा नगरपालिका सल्यानका नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सभा सदस्य माननीय लक्ष्मी सुनार, बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, शारदा नगरपालिकाका उप प्रमुख सुस्मिता सापकोटा , प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको उपस्थिती रहेको थियो ।

त्यस्तै अतिथिको रुपमा सिद्धीबक्स गण सिमखर्कका गणपति कृष्ण चन्द्र ठकुन्ना, जिल्ला प्रहरी कार्यालयका प्रमुख नविन कार्की, शसस्त्र प्रहरी नायव उपरिक्षक सुशिल श्रेष्ठ, राष्ट्रिय अनुशन्धानका प्रमुख सन्जिव चौधरी, भूमी आयोग सल्यानका अध्यक्ष बिर बहादुर सेजवाल वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरु लगायत खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

नगर उप प्रमुख सुस्मिता सापकोटाको स्वागत मन्तव्य बाट सुरु भएकोकार्यक्रमको सहजीकरण शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले गरेका थिए। त्रिभुवजन जनमावि लुहापिङमा आज बाट सुरु भएको रनिङशिल्ड प्रतियोगिता पौष १९ गते सम्म संचालन हुनेछ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार