पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा महेन्द्र माविले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

नेपाल राष्ट्रिय मावि डुब्रिङ रोल्पाको ब्यवस्थानमा भएको प्रतियोगितामा आफ्ना विद्यार्थीहरलाई सहभागी गराएर धेरै खेलमा भन्दा बढी १५ गोल्ड मेडल सहित महेन्द्र मावि होलेरी प्रथम स्थान ओगटन सफल भएको हो ।

त्यस्तै उता भिमसेन मावि सैवाङले भने प्रतियोगीतामा केही समस्या भएको र आयाेजक सचिवालयले सुनुवाइ नगरेको भन्दै आफ्नो पुरस्कार अस्विकार गरेको छ।

प्रथम भएको महेन्द्र मा वि होलेरीले हिजो शुक्रबार आफ्ना खेलाडी विद्यार्थीलाइ एक कार्यक्रम गरेर सम्मान तथा पुरस्कार वितरण गरेको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवंम रुन्टीगढी गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष टेक लाल पुनको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष पुनले प्रतियोगीतामा समस्या भए सबै मिलेर समाधान खोज्नु पर्ने तर खेलाडी विद्यार्थीहरुको हौसलाको लागि प्रदान गरिको सम्मान तथा पुरस्कार ग्रहण नगर्नु उचित नभएको बताउदै यस खालका क्रियाकलापले एक अर्को विद्यालय बिच मनमुटाब उत्पन्न हुने त्यस्तै खेलाडी विद्यार्थीहरुको दिमागमा नकारात्मक असर परि मनोवल घट्ने र एक आपसमा द्वन्द सिर्जना हुने हुदा यस खालको क्रियाकलाप नगरेको भए उचित हुने पनि बताए।

त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने र अनुसाशित भई खेल खेल्ने विद्यार्थीलाई सोही विद्यालयका शिक्षक रेशम बुढाथोकीले खेलाडी हौसलाका लागि ब्यक्तिगत नगद रकम समेत प्रदान गरेका छन।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार