सल्यानकाे कुमाख गाउँपालिका स्थित जनता मावि रागेचौरको अध्यक्षमा डिल्लीराज रावत चयन भएका छन ।
गत वर्ष चैत ४ गते देखि व्यवस्थापन समिति बिहिन रहेको उक्त विद्यालयमा जेठ १२ गते पहिलो अविभावक भेलाबाट प्रकृया थाले पनि विभिन्न विवादले पूरा हुन नसकेको व्यवस्थापन समितिमा चयनका लागि शुक्रबार भएको अविभावक भेलाले बुद्धिजीवी तथा समाजसेवी भनेर आइतबार रावतलाई सर्वसम्मत चुनेका हुन।
जेष्ठ सदस्य मेघ बहादुर शाहको अध्यक्षतामा बसेको पहिलो बैठकले सोमबार उनलाई अध्यक्षमा चयन गरेको हो । समितिका अन्य सदस्यमा पहलनाथ योगी, लक्ष्मी बुढाथोकी, जानकी राना, मनिषा राना रहेका छन ।
वडाध्यक्ष केवल राना तथा सहायक प्रधानाध्यापक भिम वलीको उपस्थितिमा भएको बैठकले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो । रावत विशेषगरी पत्रकारिता पुष्ठभुमिबाट परिचित छन। उनी सल्यानबाट प्रशारण हुने स्थानीय रेडियो तहल्काकाे स्टेसन म्यानेजर र नेपाल पत्रकार महासंघ सल्यानबाट केन्द्रीय परिषद सदस्य समेत हुन। उनले कक्षा ६ देखि १० सम्म साेहि विद्यालयमा अध्ययन समेत गरेका थिए।