नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति सल्यानको संयाेजकमा गणेश परियार निर्वाचित भएका छन।

साेमबार भएको भेलाले अन्य पदाधिकारीमा लालबहादुर सुनार सचिव सहित ३१ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित गरेको छ। सदस्यहरूमा  धनिराम नेपाली ,लाल बहादुर  बिक, टेकमान बिक, डम्बर परियार,मङ्गल  बिक, कमला बिक, पठ वीर बिक, मुनिराम बिक,  जेदे बिक, मन बहादुर दुलाल,कल्पना बिक,अनिल बिक,पवन राज बिक,हजारी बिक,सबिता सुनार,वीर बहादुर बस्याल,गोविन्द बिक, कमला सुनार निर्वाचित  भएका छन।

दलित समुदायलाई दास र अछुत बनाउने राज्य सत्ताका विरुद्ध माओवादी आन्दोलनमा एकताबद्ध भएको  दलित समुदाय अहिले राज्यसत्ताको मूल ढोकामा पुग्ने योगदान नै माओवादी पार्टीको रहेको दाबि गर्दै १४ प्रतिशत दलित समुदायको अग्र अधिकार प्राप्तिका लागि माओवादी आन्दोलनबाट सम्भव भएको सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले बताए।

मोर्चाका प्रदेश सहसचिव भीम बहादुर परियारको अध्यक्षता पार्टी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य पूर्व कानुन मन्त्री सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीको प्रमुख आतिथ्य पार्टी केन्द्रीय सदस्य मोर्चाका वरिष्ठ उपाध्यक्ष पुष्प बादीको विशिष्ट आतिथ्य,पार्टी केन्द्रीय सदस्य सल्यान जिल्ला संयोजक कीर्ति बहादुर पुन प्रकाण्ड, प्रदेश समिति सदस्य तथा निर्वाचन क्षेत्र नं २ संयोजक मान बहादुर मल्ल, मोर्चाका केन्द्रीय सदस्य मान सि बिक,जिल्ला समन्वय समिति सदस्य मोहन लाल बुढाथोकी, छत्रेश्वरी गाउँ समिति अध्यक्ष हिमाल यात्री,YCLजिल्ला संयोजक  धन बहादुर परियारको विशेष उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार