प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परि ज्यान गुमाएका मध्ये थप ३ जनाकाे पहिचान खुलेको छ।
आक्रमणमा मारिनेमा PA1560328 पासपोर्ट नम्बर भएका सल्यान शारदा नगरपालिका -३ का प्रवेश भण्डारीकाे पहिचान सहित ३ जनाकाे पुष्टि भएको इजरायल स्थित नेपाली राजदुतावासले जनाएको छ । त्यसैगरी राहदानी नम्बर BA0017890 रहेका राजन फुलरा र राहदानी नम्बर BA0017892 रहेका पदम थापाकाे पनि पहिचान खुलेको हाे। अस्पतालले पाेष्टमार्टम पछि शव पहिचान गरेपछि मात्रै दुतावासकाे जिम्मा शव नेपाल पठाउन प्रक्रिया अघि बढने गर्दछ। यस्तै प्रक्रियाबाट मृत्यु भएका मध्ये ५ जनाकाे शव नेपाल आइसकेको छ। तर यी भर्खरै पहिचान भएका तीन वटा शव नेपाल पठाउने समय भने दुतावासले खुलाएको छैन।
“Learn and Earn” कार्यक्रम मार्फत गत महिना मात्रै ईजरायल पुगेका मध्ये दक्षिणी इजरायलको Sedot Negev Agriculture Center अन्तर्गत Kibbutz – Alumim farm मा प्रशिक्षणरत रहेकै बखत प्यालेस्टिनी हमास समुहको आक्रमणमा परी दुःखद निधन भएका १० जना सहित सो घटनामा परी घाइते हुनुभएका/अस्पतालमा उपचाररत लगायतका नेपाली विद्यार्थीहरुको पछिल्लो/अद्यावधिक विवरण नेपाली राजदूतावास तेल अबिब, ईजरायलले सार्वजनिक गरिरहेकाे छ।
४९ जना सूदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका हुन् । ति मध्ये आक्रमण भएकाे ठाउँमा १७ जना थिए । उनिहरु इजरायल पुगेकाे एक महिना पुगेकाे थिएन् ।
तर घटना भए देखि नै बेपत्ता रहेका विपिन जाेशीकाे भने अझै केही पत्ता नलागेको र खाेजिकार्य भइरहेको दुतावासले जनाएको छ।