माघ १ मलेसिया – काेराेना भाइरसका संक्रमित अत्याधिक रुपमा बढदै गएकाे भन्दै मलेसिया सरकारले महामारी रोक्नका लागि अगस्ट १ अर्थात आगामी साउन १७ गते सम्मकाे लागि संकटकाल घोषणा गरेको छ। तर त्याे भन्दा अगाडि वा अबकाे करिब तीन महिना पछि महामारीको अवस्था हेरेर केही खुकुलो बनाउने वा नबनाउनेबारे निर्णय गरिएकाेे बताइएको छ।

मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन। यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ। पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।

संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुन्छ। साेहि अनुसार प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्। सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्। राजनीतिक दृष्टिकोणले यो निर्णयले ठूलो झट्का दिएकाे पनि टिकाटिप्पणी भएका छन।

अहिलेसम्म मलेसियामा काेराेना संक्रमितकाे सङ्ख्या १ लाख ४७ हजार ८ सय ५५ छ । त्यस्तै संक्रमणबाट मुक्त हुनेकाे सङ्ख्या १ लाख १३ हजार २ सय ८८ छ भने मृत्यु हुनेकाे सङ्ख्या ५ सय ७८ छ । अहिलेसम्म लकडाउनबाट नै काेराेना नियन्त्रण गर्न सफल भएको भन्दै लामाे समय संकटकालकाे घाेषणा गरिएको मलेसिया सरकार बताएको छ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार