प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा सल्यानका ३ जना परेका छन् । कम्तिमा १० जना नेपालीको मृत्यु हुनेगरी भएकाे आक्रमणमा सल्यानका एक विद्यार्थीकाे मृत्यु भएकाे छ ।

आक्रमणमा मारिनेमा सल्यान शारदा नगरपालिका ३ का प्रवेश भण्डारी रहेका छन् । उनि सहित ४९ जना सूदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका हुन् । ति मध्ये आक्रमण भएकाे ठाउँमा १७ जना थिए । उनिहरु इजरायल पुगेकाे एक महिना पुगेकाे थिएन् ।

घाइते हुनेमा सल्यान शारदा नगरपालिका २ का विधान सेजवाल रहेका छन् । उनकाे त्यहाँकाे स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ इजरायलस्थित नेपाली दुताबासले जनाएकाे छ ।

“Learn and Earn” कार्यक्रम मार्फत गत महिना मात्रै ईजरायल पुगेका मध्ये दक्षिणी इजरायलको Sedot Negev Agriculture Center अन्तर्गत Kibbutz – Alumim farm मा प्रशिक्षणरत रहेकै बखत प्यालेस्टिनी हमास समुहको आक्रमणमा परी दुःखद निधन भएका १० जना सहित सो घटनामा परी घाइते हुनुभएका/अस्पतालमा उपचाररत लगायतका नेपाली विद्यार्थीहरुको पछिल्लो/अद्यावधिक विवरण नेपाली राजदूतावास तेल अबिब, ईजरायलले सार्वजनिक गरेको छ।

आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अविव आइपुगेका छन। उद्धारको पर्खाइमा रहेका बाँकी नेपाली विद्यार्थी अनि श्रमिकहरूलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र ईजरायलवासी नेपाली समुदायसॅगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र आवश्यक व्यवस्था मिलाएर नेपाल पठाउने गृहकार्य भइरहेकोे हाल आफू रहेकै ठाउॅमा सुरक्षित रहॅदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन समेत नेपाली राजदूतावास तेल अबिब, ईजरायलले जनाएको छ।

आक्रमणको मुख्य निशानामा परेको Kibbutz Alumim मा आवद्ध १७ जना नेपाली विद्यार्थीहरुको विवरणः

क्र.सं. राहदानी नम्बर नाम थर अवस्था/स्थिति

१. BA0046756 आनन्द साह निधन
२. BA0050744 नारायण प्रसाद न्यौपाने निधन
३. PA1832545 लोकेन्द्र सिंह धामी निधन
४. BA0133670 राजेश कुमार स्वर्णकार निधन
५. PA1869615 गणेश कुमार नेपाली निधन
६. PA1773440 दिपेश राज विष्ट निधन
७. BA0017890 राजन फुलरा निधन
८. BA0017892 पदम थापा निधन
९. PA1560328 प्रवेश भण्डारी निधन
१०. PA1651757 आशिष चौधरी निधन

११. PA1848403 विपिन जोशी अज्ञात

१२. विधान सेजुवाल उपचाररत
१३. BA0079958 हिमांचल कट्टेल उपचाररत
१४. 12482178 प्रविण डाँगी उपचाररत

१५. धन बहादुर चौधरी सकुशल (उपचार पश्चात्)
१६. विरेन्द्र चौधरी सकुशल
१७. 12388817 प्रमोद के.सी. सकुशल

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार