कपुरकोट गाउँपालिका सल्यानले करारमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ।

२०८० असोज ९ को कार्यपालिका बैठकको निर्णय अनुसार स्वास्थ्य सेवामा करारमा रहने गरी विज्ञापन आह्वान गरिएको गाउँपालिकाले जनाएको छ।

विज्ञापन प्रकाशन भएको मितिले १५ दिन भित्र दरखास्त पेस गरिसक्नुपर्नेमा अब दरखास्त दिने पाँच दिन समय रहेको छ।

मेडिकल अधिकृत आठौं एक जना, ल्याव टक्निसियन पाँचौं एक जना र नायव पशु स्वास्थ्य प्राविधिक एक जना गरी तीन जना कर्मचारी माग गरिएको छ।

परीक्षाको किसिम लिखित, प्रयोगात्मक र अन्तरवार्ता हुने विज्ञापनमा उल्लेख छ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार