राेल्पाकाे गंगादेव गाउँपालिकाकि तत्कालीन उपाध्यक्ष रिता घर्ती लगाएत १३ जना विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि आफुले गलत नियत कुनै पनि आर्थिक प्रलोभनमा नपरेको बताएकि छन।

आफू विरुद्ध भ्रष्टाचार मुद्दा लागेको जानकार रहेकाे बताउदै याेजना अनुगमनको क्रममा कार्य सम्पादनका आधारमा मुल्यांकन गरि भुक्तानी दिन भनेर हस्ताक्षर गरेकाे बाहेक अन्य कुनै आर्थिक प्रलोभनमा परेकाे तथा गलत नियतले कुनै कार्य नगरेको सामाजिक सञ्जाल फेसबुक मार्फत आज बिहान स्पष्टीकरण दिएकि हुन। उनले अब अनुसन्धानमा सघाउने समेत प्रतिबद्धता जनाएकि छन। साेहि मुद्दालाई लिएर विभिन्न ठाउँमा आफ्नो फाेटाे दुरुपयोग भएको र त्यसाे नगरी सचेत हुन समेत उनले फेसबुक मार्फत भनेकि छन।

उनी लगाएत तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादव , तत्कालीन योजना अधिकृत (सहायक पाँचौ) कृष्ण बहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी, सव-इन्जिनियर रोशनी विष्ट, तत्कालीन खानेपानी तथा सरसफाई टेक्निसियन बल बहादुर बस्नेत, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष मन बहादुर डाँगी, तत्कालीन सचिव खडक बहादुर डाँगी, तत्कालीन कोषाध्यक्ष चन्द्र कुमारी डाँगी, तत्कालीन वडाध्यक्ष भुपाल दमाई, तत्कालीन वडा सदस्य टिका वि.क., तत्कालीन वडा सदस्य गन बहादुर भण्डारी र तत्कालीन वडा सचिव कुल बहादुर योगी विरुद्ध गंगादेव गाउँपालिका – २ को घोरानेटी खोला देखी घोरानेटी सम्म सोलार पम्पिङ खानेपानी योजना आ.व २०७६/७७ मा निर्माण कार्य हुदा खर्च रकम भन्दा बढि लागत मुल्यांकन गरेर आर्थिक लाभ लिएकाे ठहर गर्दै बिगाे असुली सहित कैदकाे माग सहित बुधबार अख्तियारले विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेकाे थियाे।

तत्कालीन उपाध्यक्ष घर्तीकाे स्पष्टीकरण जस्ताको तस्तै साभार:

जानकारी सम्बन्धमा
गंगादेव २को घोरानेटी खोला देखी घोरनेटी सम्म सोलार पम्पिङ खानेपानी योजना आ.व २०७६/७७ को अख्तियारले मुद्दा दर्ता गरेको बिषयमा सबैमा स्पष्ट पार्द छु । उक्त योजनाको अनुगमन गर्दा काम भएको थियोे । प्राबिधिक का.स मुल्यांकन अनुसार भुक्तानी दिन भनेर मैले हस्ताक्षर गरेकी हु। अन्य गलत नियतले कुनैपनी आर्थिक प्रलोभनमा सम्लग्न नरहेको स्पष्ट पार्द छु । निष्पक्ष अनुसन्धानको माग गर्दै अनुसन्धानलाई सघाउन पुर्ण रूपमा तयार रहेको जानकारी गराउद छु । उक्त आरोप पत्रको बिषयलाई लियर मेरो चरीत्र हत्या हुने गरी फोटोको दुरुपयोग गरेर सामाजिक संजालमा भ्रामक सामाग्रीहरु प्रकासन भएको प्रती गम्भीर ध्यानाकर्षण भएको छ । यसरी चरीत्र हत्या गर्ने काम बन्द गर्न अनुरोध गर्दै सम्मानित अदालतबाट निष्पक्ष रूपमा सत्य ,तथ्य कुरा आउने नै छ भन्ने बिश्वास व्यक्त गर्दछु।

अख्तियारमा मुद्दा परेको विवरण

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार