अध्यनकाे सिलसिलामा जापान गएकि एक युवतीकाे मृत्यु भएको छ।
थबाङ गाउँपालिका -१ कि २० वर्षिय मिङकल सुनारकाे मृत्यु भएको राेल्पा समाज जापानले जनाएको छ। उनकाे गत भदौ १० गते अर्थात 2023/ 08/ 27 तारिखकाे दिन निधन भएको र आज जापानमै अन्तिम दाहसंस्कार गरिने समाजका सचिव रुपचन्द्र केसीले बताए।
उनी जापानको राजधानी टाेकियाे स्थित जापानीज भाषा स्कुलमा अध्यनरत थिइन। उनकाे अन्तिम श्रद्धाञ्जलीका लागि दुई दिन अघि टाेकियाे स्थित taito-ku negishi 5-18-5 क्षेत्रमा एक घण्टा राखिएको र आज स्थानीय समय दिउँसो ३ बजे toda sosaijo tokiyo, itabashi-ku funado 4-15-1 क्षेत्रमा अन्तिम दाहसंस्कार गरिने केसीले जनसहारा संग बताए।
उनकाे निधन झन्डै एक महिना अघि भए पनि उनकाे परिवार शव बुझन जापनमै जाने भनेपछि परिवार जापान जानकाे लागि प्रक्रिया गर्दा अहिलेसम्म ढिला भएको र परिवार दुई दिन अघि जापान पुगेर अन्तिम श्रद्धाञ्जली दिएपछि आज दाहसंस्कार गरिने समाजका सचिव केसीले बताए। उनी आफ्नाे काेठामै मृत भेटिइएकि थिइन।