सल्यानबाट दाङका लागि छुटेको बस दुर्घटनामा परेको छ।
बागचौर नगरपालिका -१२ बाफुखोलाबाट दाङकाे तुलसीपुरका लागि छुटेको रा १ ख २५४१ नम्बरको बस आइतबार बिहान करिब साढे १० बजेतिर बागचौर नगरपालिका -७ चौफारी नजिक दुर्घटनामा परेको हाे।
उक्त बसमा अन्दाजी २६/२७ जना सवार रहेकोमा ९ जना घाइते भएका छन। घाइते मध्ये दुई जनाकाे अवस्था गम्भीर रहेको र ७ जना सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घाइतेहरुलाई उपचारका लागि थारमारे तिर पठाइएको छ। बसका चालक दाङकाे तुलसीपुर उपमहानगरपालिका -५ बस्ने ४७ वर्षिय नरेन्द्र बिक फरार रहेको प्रहरीले जनाएको छ।
बस अनियन्त्रित भएर सडकमै पल्टिएको छ।