पुस १८ बर्दिया – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार कैलालीको लम्किचुहा नगरपालिका-४  कौवापुर सरस्वती मा वि स्कुल नजिकै घर भएकी समाजसेवी  ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर लगेको थियाे । उनी छाेरा २२ वर्षिय सन्तोष थापाले चलाएको माेटरसाइकलमा सवार थिइन।

जनहितकाे लागि जारी सन्देश

बाघले मोटरसाइकल सवार यात्रुमाथि आक्रमण गरेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीसहित खोजीमा कार्यमा लागेकाे थियाे । अहिले बाघले अनुहार र दुवै पिडौला खाएको र देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको बताइएको छ।

अब क्यामेरा प्रविधिको सहयोगमा बाघ पहिचान गरि नियन्त्रणमा लिने प्रयास गर्ने र बेलुका ६ बजेदेखि विहानको ६ बजेसम्म निकुञ्जभित्र पर्ने राजमार्गमा मोटरसईकल, साईकल र पैदल यात्रीलाई आवातजावतमा निषेध लगाउने तयारी थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति करिब दश बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको सु.प प १००८ प ६८०१ नम्बरको मोटरसाइकलको पछाडि सवार सन्तोषकी आमा नन्दकली सवार थिइन्। उनीहरु काेहाेलपुरमा उपचारकाे लागि आएकाेे र उपचार गरेर घर कैलाली तिर फर्कने क्रममा उक्त घटना भएको हाे ।

याे पनि पढनुहाेस;
कारको ठक्करबाट पाटेबाघको मृत्यु

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार