पुस १८ बारा – जिल्लाकाे जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।

जनहितकाे लागि जारी सन्देश

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले सडक पार गर्दै गरेको बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले कार र चालकलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको बताए ।

तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको चालकले बयान दिएका छन। यसबारे थप अनुसन्धान निकुञ्जले गर्ने छ । प्रत्यक्षदर्शी सम्यक चौंलागाइका अनुसार सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिँदा बाघको मृत्यु भएको बताए । निकुञ्ज क्षेत्र पर्ने उक्त सडकखण्डमा सवारी गति निर्धारण गरिए पनि त्यसको पालना भने भएको छैन । निकुञ्जले अहिले मिश्रसँग बयान लिइरहेको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए । पाटेबाघ दुर्लभ वन्यजन्तु मध्ये पर्ने जनावर हाे ।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार