पुस १८ सर्लाही – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा शहरी विकास मन्त्री प्रभु शाह सवार ना १ झ ३८४२ नम्बरको जीपले आज मध्याह्न ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएका छन।

जनहितकाे लागि जारी सन्देश
घाइते तामाङको अहिले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ। गाडीले ठक्कर दिएपछि घाइते तामाङकाे उद्धार नगरेर मन्त्री भागेकाे प्रत्यक्षदर्शीले बताए । घाइतेे तामाङकाे अवस्था गम्भीर रहेकाे अस्पतालकाे भनाइ छ।
मन्त्री शाह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जीपले ठक्कर दिएको र मुलुकको मन्त्रीजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटना पश्चात घाइतेको उद्धार लगायतमा जुट्नुको साटो फरार हुनु मानवीय संवेदनाकै उपहास भएको भन्दै स्थानीय आक्रोशित बनेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर बताए।