बैशाख ३०, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. १ ले वडास्थित सम्पूर्ण विद्यालयका वि.व्य.स. अध्यक्ष तथा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको सहभागितामा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।

वडामा रहेका सम्पुर्ण विद्यालयहरुलाई व्यवस्थित र मर्यादित बनाउन उपस्थित सबैले तपसिल बमोजिमका विषयहरुमा प्रतिबद्धता गरेका छन ।
१) यस वडाका सम्पूर्ण जनप्रतिनिधि, वडा शिक्षा समितिका पदाधिकारी, वि.व्य.स., शिक्षक तथा कर्मचारीका बालबालिकाहरुलाई आफ्नो सेवाक्षेत्र भित्र पर्ने सामुदायिक विद्यालयमा नै पठनपाठन गराउने ।

२) यस वडा स्थित शैक्षिक वातावरणमा प्रतिकूल असर पर्ने गरी शिक्षक तथा कर्मचारीहरुलाई राजनैतिक पुर्वाग्रही तवरले एवं शिक्षाको गुणस्तरमा खलल पुग्ने ढंगले जो कोहीबाट गरिने क्रियाकलाप विरुद्ध एकजुट हुने ।

३) श्री सरस्वती शारदा आ.वि.बा. नं.पा. – १, ठिवाड तथा श्री न्यायघाट आ.वि.मा कक्षा १ मा अंग्रेजी माध्यममा पठन पाठन सुरु गरि आगामी शैक्षिक सत्रबाट अन्य कक्षामा विस्तार गर्ने ।

४) प्रत्येक विद्यालयले यथाशीघ्र अभिभाव‌कसँग अन्तरक्रिया संचालन गरी प्राप्त राय, सुझाव कार्यान्वयन गर्ने, गराउने ।

बागचौर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा वडा शिक्षा समिती संयोजक गङ्गाराम बस्नेतको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वडास्थित सम्पुर्ण विद्यालयका वि.व्य.स. समिति, प्र.अ. तथा प्रतिनिधि, शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायतको उपस्थितले वडाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ४ बुदे प्रतिवद्वता जारी गरेको वडा सचिव हेमन्त बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८० बैशाख ३० गते शनिवार