चैत ३० राेल्पा – वडा अध्यक्षले गाउँपालिकाकाे गाडी ताेडफाेड गरेेका छन।

गंगादेव गाउँपालिका अध्यक्ष हरि बहादुर पुन साेहि गाउँपालिका स्थित वडा नं. -५ काे एक कार्यक्रममा जाँदै गर्दा बिहीबार अपरान्ह करिब ४ बजेतिर गाउँपालिका अध्यक्ष सवार रा १ झ १९१ नम्बरको स्कारपियो गाडीलाई साेहि गाउँपालिका -२ चौताराडाडामा राेकेर साेहि गाउँपालिका वडा नं. -४ का वडा अध्यक्ष ३३ वर्षिय कृष्ण वलीले गाडी ताेडफाेड गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

वडा अध्यक्ष वलीले मुक्काले हानेर गाडीको अगाडिको सिसा चर्किएको,दायाँ साईडको लुकिङ ग्लास भाँचिएको छ। घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय सुखाओढारबाट प्रहरी सहायक निरीक्षक डोकलाल धितालको कमाण्डमा खटिएको ६ जनाको टोलीले वडा अध्यक्ष वलीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक साम सारु मगरले जनसहारा संग बताए।

वडा अध्यक्ष वलीले मा.प.से गरेको पाइएको छ। पक्राउ परेका वलीलाई अहिले इलाका प्रहरी कार्यालय घर्तिगाउ ल्याई थप अनुसन्धान भइरहेको डिएसपी मगरले बताए।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार