चैत १७, सल्यान – नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत बागचौर नगरपालिका वडा नं. ९ को वडा समितद्वारा आयाेजित वडा स्तरीय कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिट ब्युरो सदस्य मोहन बानियाँले प्रशिक्षण दिदै नेकपा एमाले सबैभन्दा अब्बल र जनातकाे प्रिय पार्टी भएको बताए ।
उनले माओवादी र समाजवादी नामका पार्टी पुजीवादीकाे मसियार भएको र काँग्रेसकाे टाङमुनि छिरेर समाजवादकाे ढाेल पिटिरहेकाे जनाए ।
बानियाँले एमालेबाट छुट्टियर अवसरवादीहरुको झुन्ड एकीकृत समाजवादी आकाश उडिरहेको चङ्गा जस्तै भएकोले कतिबेला चुडिन्छ भन्ने भराेसा नभएकोले समाजवादीतिर लागेका ईमान्दार नेता, कार्यक्रताहरु एमालेमा फर्कन आह्वान गरे ।
यस्तै, कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र प्रकाश डि.सी.ले बा.न.पा. ९ काे विकास निर्माण देखि हरेक समाजिक कार्यहरुकाे नेतृत्वमा एमाले गर्दै आएकाे बताए । उनले आगामी दिनहरुमा पनि जनताको मनजितेर संगठन विस्तार गर्दै पार्टी अझैं सुदृढीकरणमा मिसन ग्रासरुटले महत्त्वपूर्ण भुमिका खेल्ने जनाए ।
वडा समिति अध्यक्ष लेखराज डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश समिति सचिवालय सदस्य कुल बहादुर गिरी, जिल्ला सदस्य शारदा वली, घनश्याम शर्मा, माेहन चन्द, देब बहादुर डाँगी, यज्ञ बहादुर डाँगी, मातृका डाँगीले मन्तब्य राखेका थिए ।
नगर समिति सदस्य जितेन्द्र डि.सी. ले सहजीकरण गरेको कार्यक्रममा पार्टी सदस्य नवीकरण विस्तार, टाेल समिति गठन लगायतका कार्यक्रम निरन्तर अगाडि बढाउने कार्ययोजना निर्माण गरिएको छ ।
मिसन ग्रासरुट अभियान अन्तर्गत बागचौर नगरपालिकाका १, २, ४, ५, ९ र १० वडामा सम्पन्न भैसकेको र बाँकी रहेका वडामा १८ गते वडा नं. ८, १९ गते वडा नं. ६ र ७, २० गते वडा नं. ११ र १२ र २७ गते पालिका स्तरीय समीक्षा गर्ने जिल्ला सचिवालय सदस्य दिपेन्द्र प्रकाश डि.सी.ले जानकारी दिए ।