चैत १७, काठमाडौ – नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै मन्त्रीहरुले शपथ लिएका हुन् ।

कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा मन्त्री, नेकपा एकीकृत समाजवादीका डा.बेदुराम भुसाल कृषि तथा पशुपन्छी मन्त्री, जसपाका अशोक राई शिक्षा मन्त्री, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री, कांग्रेसका डा. प्रकाशसरण महत अर्थ मन्त्री, नेसपाका महिन्द्र राययादवले महिला बालबालिका मन्त्रीको रुपमा शपथ लिए हुन ।

यस्तै, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत मन्त्री, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक पुर्वाधार तथा यातायात मन्त्री, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री र कांग्रेसकै सिता गुरुङले सहरी विकास मन्त्रीको रुपमा शपथ लिए ।

यसअघि भौतिक मन्त्रालयमा रहेको नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार