चैत १२, सल्यान – सल्यानको दार्मा गाउँपालिकामा संचालन भएको ५ दिने कक्षा कोठा कला सम्बन्धि तालिम आइतबार दार्माको फारुलामा सम्पन्न भएको छ ।
५ दिने तालिम समापन कार्यक्रमका प्रमुख अतिथि दार्मा गाउँपालिकाका अध्यक्ष निम ब. के.सी. ले तालिम एकदमै प्रभावकारी भएको अनुभुती गरेको बताए । उनले यो खालको विधिबाट शिक्षण सिकाइ गराउने हो भने पक्कै पनि परिवर्तन आउने कुरामा आफु विश्वस्त रहेको जनाए ।
अध्यक्ष के.सी.ले हरेक विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन नाटकीय विधि प्रयोग गरेर सिकाउँदा सकारात्मक परिवर्तन आउने र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता गरे ।
दार्मा गाउँपालिका भित्रका १० वटा विद्यालयबाट शिक्षकहरुको सहभागी रहेको तालिममा नाटकीय विधिबाट शिक्षण सिकाइ कसरी गराउने भन्ने विषयमा तालिम सिकाइएको स्पेस (पहिचानको खोजी) का सहजकर्ता सुरेश चन्दले बताए ।
उनले ५ दिनको तालिम एकदमै राम्रो भएको र शिक्षकहरुले नि साह्रै इच्छुकताका साथ तालिम लिएको जनाए । समापन कार्यक्रममा एउटा नाटक पनि प्रस्तुत गरेको र जसबाट उपस्थित सबै खुसी भएकोले आफू सफल भएको महसुस गरेको उनको भनाइ छ ।
दार्माका हरेक विद्यालयमा निरन्तर फ्लोअप गरिरहने र अनलाइनबाटै भएनि बेला बेला यस सम्बन्धि हरेक क्रियाकलापमा सहजीकरण गर्ने बताए ।
चन्दले आफ्नै भुमिमा शिक्षामा परिवर्तन ल्याउनका लागि केही गरौ भन्ने सोचले अगाडि बढिरहेको र सबैले साथ दिन समेत आग्रह गरे । उनले दार्माबाट सुरुवात भएको यो कार्यमा सल्यानका सबै पालिकाले साथ दिने हो भने शिक्षामा केही परिवर्तन ल्याउन सक्ने दाबी गरे ।
शिक्षण क्रियाकलापका लागि नाटकको माध्यमबाट समस्या समाधान कसरी गर्ने लगायत विद्यार्थीको स्मरण शक्तिमा बढि भन्दा बढि बल दिनलाई नाटकीय विधिले एकदमै राम्रो भुमिका खेल्ने सहभागी राष्ट्रिय मा.वि. दार्माकोटका शिक्षक बलदेव शर्माले बताए ।
कक्षा कोठामा कसरी पढाउने र समस्या समाधान कसरी गर्ने भन्ने विषयमा नाटक पनि प्रस्तुत गरेको उक्त नाटक हेर्न दार्माका सबै विद्यालयका १०० भन्दा बढि विद्यार्थी, अभिभावक, गाउँपालिका सम्पुर्ण जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सुरक्षाकर्मी र पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।