फागुन २७, सल्यान – सल्यानका एक नवविवाहित जोडीले विवाहको फजुल खर्च कटाएर विद्यालयलाई सहयोग गरेका छन ।

भर्खरै विवाह बन्धनमा बाधिएका जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी युवा समाजसेवी किरण जङ बस्नेतको जोडिले आफुहरुको विवाहमा गरिने फजुल खर्च र भोजभतेर कार्यक्रमलाई कटौती गरि बिद्यालयलाई रकम सहयोग गरेका हुन ।

बस्नेतको जोडीले कपुरकोट गाउँपालिका वडा नं. ५ रिममा रहेको जिवनज्योती नमुना माध्यामिक बिद्यालयलाई रु ५००००/- (पचास हजार रुपैयाँ) को अक्षयकोष स्थापना गर्ने गरी उक्त रकम सहयोग गरेका छन । सो रकमबाट प्राप्त ब्याजद्वारा बिद्यालयमा अध्यनरत आमा बुका विहिन बालबालिका, जेहेन्दार तथा गरिब छात्र-छात्राहरुलाइ सहयोग हुने बस्नेतले बताए ।

बस्नेत अहिले जीवन ज्योति नमुना माध्यामिक बिद्यायलय रिममा कृषिधार ल्याब प्राबिधिक पदमा कार्यरत छन । उनले अन्य बिद्यालयलाई पनि सहयोग गर्ने जनाए ।

यस्तै विद्यालयका शिक्षक अभिभावक संघका सदस्य हरी बहादुर दमाईले आफ्ना स्वर्गीय बुवा आमाको सम्झनामा रू.२५०००/- (पच्चिस हजार) को अक्षकोषको स्थापना गरेका छन ।
उनले आमा-बुबाको सम्झना स्वरुप अक्षयकोष स्थापना गरि उक्त रकमको प्राप्त ब्याजबाट प्रत्येक वर्ष यस विद्यालयमा अध्ययनरत टुहुरा, अनाथ, गरीब विद्यार्थीहरूलाई पोसाक तथा शैक्षिक सामग्री दिने बताए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार