फागुन १, सल्यान – २८ औं जनयुद्ध दिवसकाे अवसरमा सहिद स्मृति समाज बागचाैर नगरपालिका वडा नं ९ प्लाटुनचौरले अायाेजना गरेकाे कार्यक्रममा जनयुद्ध दिवसले राष्ट्रिय मान्यता पाउनु भनेको संघीयता कार्यान्वयनकाे बलियो पक्ष भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताए । उनले संघिय लाेकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी, व्यवस्था कार्यान्वयनलाई बलियो र संस्थागत गर्न जनयुद्ध दिवसकाे अहम भुमिका रहेकाले सबैले यो दिनलाई राष्ट्रिय गाैरवकाे दिनकाे रुपमा लिनु पर्ने बताए ।

जनयुद्ध दिवस राष्ट्रिय दिवसकाे रुपमा मनाउँदै गर्दा स्थानीय सरकारले यस दिवसकाे स्वामित्व लिनु पर्ने भन्दै मन्त्री शर्माले जनयुद्ध दिवस कुनै पार्टी जात धर्म विशेष नभै यसलाई सबैले ग्रहण गर्न सक्ने सामार्थ्य राख्न सक्नु पर्ने जिकिर गरे ।

कर्णाली सरकारका भूमि कृषि तथा सहकारी मन्त्री समेत रहेका शर्माले कर्णालीका १० जिल्लामा कृषि क्षेत्रमा देखिएकाे अनुदानकाे समस्यालाई निरुपण गरि उत्पादनमा अाधारित कृषि अनुदानलाई सहकारी तथा बैंक मार्फत व्यवस्थित गर्ने बताए ।
सहिद स्मृति समाजले अायाेजना गरेकाे साँस्कृतिक तथा खेलकुद कार्यक्रमले खेल जगतकाे सम्मान मात्रै नभै जिल्लाकाे गाैरव माथि उठाउन प्रेरणा देओस् भनी शुभकामना व्यक्त गरे ।
सहिद स्मृति समाजका अध्यक्ष धनेन्द्र बिमल वलीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन प्रेम प्रकाश शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार