माघ २१ पाल्पा – ट्याक्टरले स्कुटरलाई ठक्कर दिदा दुई जनाकाे मृत्यु भएको छ।
शनिबार बिहान ९ बजेतिर बगनासकाली गाउँपालिका -९ गुनठाडी स्थित तानसेन दर्लामडाडा सडकखण्ड अन्तर्गत भित्री पक्कि सडकमा तानसेनबाट झिरु भञ्ज्याङ तर्फ जादै गरेकाे लु २ त ९८८४ नम्बरको ट्याक्टरले साेहि दिशा तर्फ गइरहेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटना परि स्कुटरमा सवार दुवै जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका १३ बस्ने १९ वर्षिय अभिषेक थापा र साेहि ठाउँकै मिना थापा मिथुनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
दुर्घटनामा घाइते उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल पाल्पा लिएकोमा डाक्टरले मृत घाेषणा गरेकाे र ठक्कर दिने ट्याक्टर चालक धादिङ राेराङ गाउँपालिका -९ बस्ने ३३ वर्षिय हरिलाल चेपाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।