माघ २०, सल्यान – बागचौर नगरपालिका वडा नं. ४ को तेस्रो वडाध्यक्षकप खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले उद्घाटन गरेका हुन ।
तेस्रो वडाध्यक्षकप खेलकुद प्रतियोगिता उद्घाटनका प्रमुख अतिथि समेत रहेका कृषि मन्त्री शर्माले वडा हुदै राष्ट्रिय प्रतियोगितामा भाग लिई बागचौर शानमान कायम गर्नसम्म सफल हुनका लागि आयोजक लगायत खेलाडीहरुलाई शुभकामना व्यक्त गरे । साथै सबै खाले खेलहरु मर्यादित रुपले खेलाउन र अनुशासितपुर्वक खेलाडीहरुलाई खेल्न पनि अनुरोध गरे ।
मन्त्री शर्माले सल्यानी जनताको अमुल्य मत प्राप्त गरि निर्वाचनमा विजय हाँसिल गर्दै मन्त्रीसम्म पुर्याउने योगदान जनताको भएकोले जनताको राय सल्लाह बमोजिम नै अगाडि बढ्ने बताए । उनले जनताका असिमित चाहाना पूरा गर्न नसके पनि स्थानीय सरकासँग समन्वय गरि केही सिमित रुपमा काम गर्न भने सकिने बताए ।
कृषि मन्त्री बनेका शर्माले खास किसान कहाँ अनुदान नपुगी ठुलाबडा कहाँ पावरका भरमा चल्ने योजना र अनुदानको अन्त्य गर्ने बताए । साथै आफ्नै कार्यकालमा वास्तविक किसानहरुलाई समानरुपमा अनुदान दिने प्रयास गरिने जनाए ।कार्यक्रमका विशिष्ट अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले वडाका प्रतिभाहरुलाई प्रस्फुटनका लागि आयोजना गरिएको कार्यक्रम भएको बताउँदै पुर्ण सफलताको शुभकामना व्यक्त गरे । उनले खेलाडीहरुलाई अनुशासित र विवादरहित तरिकाले खेल खेलाउनका लागि आयोजक टिमलाई आग्रह गरे । साथै नगर प्रमुख गौतमले खेलाडीलाई नगरपालिकाको समृद्धका निम्ति राष्ट्रियस्तसम्म पुग्ने हिक्मत राखेर खेल खेल्न अनुरोध गरे ।कार्यक्रमकी अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी. वलीले खेलकुद विवादरहित रहोस भनी शुभकामना व्यक्त गरेकी हुन । स्थानीय सरकारसँग सिमित बजेट भएकोले असिमित कामका लागि केन्द्र देखि प्रदेश सरकारसँग सहकार्य गरि पूरा गर्न प्रयास गर्ने बताईन ।

कार्यक्रममा शुभकामना मन्तव्य बागचौर नगरपालिकाका संस्थापक नगर प्रमुख लोकमान बुढाथोकी, उप-प्रमुख कल्पना पुन, नगर प्रवक्ता एवम् वडा नं. २ का वडाध्यक्ष दिपेश डि.सी., वडा नं. १ वडाध्यक्ष गंगाराम बस्नेत, वडा नं. ३ का वडाध्यक्ष भिम प्रकाश भण्डारी, वडा नं. ५ का वडाध्यक्ष जोगेन्द्र वली, वडा नं. ६ का वडाध्यक्ष ज्ञान बहादुर वली, ७ का वडाध्यक्ष प्रेम बहादुर डाँगी, १२ नं. वडाध्यक्ष टिकाराम वली, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृति बहादुर पुन, नेकपा माओवादी केन्द्रका बागचौर नगर समिति अध्यक्ष शोभाराम भण्डारी, नेकपा एमाले ४ नं. का वडाध्यक्ष प्रेम प्रकाश वली, एकीकृत समाजवादी वडाध्यक्ष मान बहादुर वली लगायतका अतिथिले राखेका थिए ।वडा नं. ४ का वडाध्यक्ष कृष्ण बहादुर बस्नेतको सभाध्यक्षतामा सुरु भएको कार्यक्रम स्वागत मन्तव्य वडा सचिव भिम बहादुर वलीले गरेका हुन भने कार्यक्रमको सहजीकरण सरस्वती माविका शिक्षक नरेस के.सी.ले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार