माघ १९ राेल्पा – माेटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माेटरसाइकल चालक राेल्पा नगरपालिका -४ बाईगाउँ बस्ने २६ वर्षिय पुरन चन्द रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

बिहीबार बिहान करिब ७:१५ बजेतिर राेल्पा नगरपालिका -४ दहरेभिर स्थित लिबाङ गजुल सडक खण्डमा पर्ने लिबाङबाट गजुल तिर गइरहेको रा ३ प १०३८ नम्बरको माेटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरेले बताए।

दुर्घटना पछि घाइते भएका चन्दलाई उनकै दाई मुक्त बहादुर चन्दले उपचारका लागि जिल्ला अस्पताल रेउघामा लिएकोमा उपचारको क्रममा दिउँसो करिब १ बजेतिर मृत्यु भएको र पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघाम आवश्यक प्रक्रिया गरिरहेकाे डिएसपी घिमिरेले बताए।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार