माघ १५ सल्यान – बागचाैर नगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालय बाट वितरण गरिने भएको छ ।

नगरपालिका भित्र संचालित विभिन्न बैंकका प्रमुखहरु संग छलफल गरी बैंक सम्म आउन नसक्ने अशक्त , जेष्ठ नागरिकहरुलाई वडा कार्यालयमै गएर बैंक कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको उपस्थितीमा भत्ता वितरण गर्न लागिएको बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले बताए।

आफू निर्वाचित हुनुभन्दा पहिले चुनावमा प्रतिबद्धता गरे अनुसार सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण हुँदा धेरै भिडभाड हुने, जेष्ठ नागरिक ,अशक्तलाई बैंकसम्म आउजाउ गर्न समेत सास्ती हुने गरेको र धेरै रकम खर्च हुने गरेको जनगुनासो समेत रहेकाले घरबाट बैंकसम्म आउँदा करिब दुई घन्टा सम्म हिँड्नु पर्ने र भीडभाडका कारण बैंकमा लामो समय पालो कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै उक्त कामकाे थालनी गरिएको र अति अशक्तका लागि घरघरमै गएर सामाजिक सुरक्षा वितरण गर्ने समेत नगर प्रमुख गौतमले बताए।

नगरपालिका भित्रका नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक र मुक्तिनाथ विकास बैंकले नगरका १२ वटै वडा कार्यालय बाट केही दिन भित्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरि काम अगाडि बढाइएको बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले बताए।

हाल बागचाैर नगरपालिकाका १२ वटा वडा भित्र ६,६,३६ जनाले सामाजिक सुरक्षा भत्ता पाउदै आएकाे नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार