माघ ०३, सल्यान – सल्यानका एक युवकले आफ्नाे जन्मदिनको अवसरमा विद्यार्थीलाइ शैक्षिक सामाग्री सहयाेग गरेका छन् ।
सल्यान दृष्टिकोण नामक फेसबुक पेज चलाउने ज्ञानेन्द्र पुन (पाटे बाघ)ले आफ्नाे जन्मदिनकाे अवसरमा विद्यार्थीलाइ शैक्षिक सामाग्री सहयाेग गरेका हुन ।
शारदा नगरपालिका १३ लेखटाकुरामा जन्मिएका पुनले जन्म दिनमा गरिने फजुल खर्च कटाएर जिल्लाकाे शारदा नगरपालिका १३ चलाउनेपानीमा अवस्थित बालकल्यान प्राथमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीलाई १२ दर्जन कापी, १० दर्जन कलम, मोजा ३० पिस र १२ वटा टोपी लगायतका सामाग्री वितरण गरेका हुन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापक गौरी बुढाथोकीको अध्यक्षतामा विद्यालयका २७ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
सानै उमेर देखि नै सामाजिक अभियानमा रुचि भएको बताउँदै पुनले विगतका वर्षहरुदेखि नै आफ्नो जन्म दिनको अवसरमा विभिन्न सामाजिक कार्यमा सक्दो सहयोग हस्तान्तरण गर्दै आएको बताए ।