माघ ३ काठमाडौ – नाबालिक माथि जबर्जस्ती करणी गरेकाे अभियाेगमा कारागारमा रहेका अभिनेता पल साहलाई जिल्ला अदालत तनहुँले सफाई दिएको छ

मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि उक्त फैसला सुनाएको हो । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए ।

साथै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।

तर शाह जेल मुक्त भने हुने छैनन। साेहि मुद्दामा नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेर यसअघि नै साेढ् २ वर्ष कैद फैसला सुनाएका कारण उनले कैद भुक्तान गर्नुपर्ने भएपछि तनहुँबाट सफाइ पाएपनि जेल मुक्त हुन नपाउने भएका हुन।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार