माघ २ दाङ – मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका -१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
आज साेमबार बिहान सौडियारबाट सर्रातर्फ जादै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल घोराही -१६ बेसाइमा दुर्घना हुदा उनिहरु घाइते भएकोमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए ।