माघ १ काठमाडौ – आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि लोक दाेहारी गायिका नीरा छन्त्यालकाे मृत्यु भएको छ।
पाेखरा स्थित आफ्ना दर्शकहरुलाई छमछम नचाउन र माघी समेत मनाउने खुशी साटन काठमाडौबाट उडेकि बागलुङकि निराकाे सपना आकाशमै सेलाएकाे छ।
माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गरिएकाे साँस्कृतिक कार्यक्रमका लागि साेहि विमानमा उडेकि थिइन।
शनिबार देखि नै निराले आफू पाेखरा आउने जानकारी गराउदै फेसबुक मार्फत खुशी साटिरहेकि थिइन। शनिबार उनले भनेकि छन:`छन्त्याल भवन काठमाडौंको माघि सकियो अब भोलि पोखरा मा रमाइलो गर्नु पर्छ´ त्यसपछि आज आइतबार पाेखरा उडनु अघि माघे संक्रान्तिको शुभकामना सन्देश सहित तस्वीर सार्वजनिक गरेकि थिइन।
नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगताकाे आयाेजना गरेकाे थियाे। त्यस अवसरमा नीराले सांगीतिक प्रस्तुति दिने तयारी थियो । विमान दुर्घनापछि सबै कार्यक्रम स्थगित समेत गरिएको छ।