पुस २८ काठमाडौ – नेपाल प्रहरीका १७ जना डीआईजीको एकै पटक सरुवा गरिएको छ। याे संगै देशका सात वटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन।
आवश्यकताकाे आधारमा काज सरुवा गर्नुपर्ने भएकाे भन्दै बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी महानिरीक्षकहरुकाे सरुवा भएको जनाएको छ।
जस अनुसार प्रदेश १ प्रदेश प्रहरी प्रमुखमा डीआईजी श्याम लाल ज्ञवाली, मधेस प्रदेशमा डीआईजी वसन्त बहादुर कुवर, गण्डकी प्रदेशमा डीआईजी बुद्धिराज गुरुङ, बागमती प्रदेशमा डीआईजी दिपक थापा, लुम्बिनी प्रदेशमा टेकप्रसाद राई, कर्णाली प्रदेशमा भिम प्रसाद ढकाल र सुदुरपश्चिम प्रदेशमा अशोक सिंहलाई सरुवा गरिएकाे छ।
सुची हेर्नुस:
