पुस २२ पाल्पा – बस दुर्घटना हुदा ६ जनाको ज्यान गएको छ भने १८ जना घाईते भएका छन् ।

रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको ग १ ख ४९७७ नम्बरको बस रैनादेवि छहरा गाउँपालिका -८ खुर्सानेमा दुर्घटना हुदा ६ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मृत्युु हुनेमा रैनादेवि छहरा गाउँपालिका -८ खुर्सानेकि ५४ वर्षिय खिमकुमारी राना, ३६ वर्षिय निर्मला घिमिरे उनकि ११ वर्षिय छाेरी सुरुमाया घिमिरे, २१ वर्षिय दान कुमारी खत्री, ४० वर्षिय गुनी गाहा र १९ वर्षिय बिमा पाण्डे रहेको र उनीहरु एकै गाउँका रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले बताए । दुर्घटनाका घाईतेमध्ये १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र ६ जनाकाे एड मन सिटी हस्पिटल जितगढी बुटवलमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

गएराती १० बजेतिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा नजिकै बस सडकबाट करिब १०० मिटर तल भिरमा खसेको थियाे। बसमा सवार सबै रैनादेवि छहरा गाउँपालिका -८ खुर्सानेका स्थानीयहरु मात्रै सवार रहेको खसेको छ।

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार