पुस १६ बाँके – मालवाहक ट्रकले साइकललाई ठक्कर दिदा एक जनाकाे मृत्यु भएको छ।

नेपालगन्ज स्थसत भानुभक्त चोक न्युरोडमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्करबाट सेतु बिक चौकबाट त्रिवेणी मोडतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिदा साइकलमा सवार दैलेख नारायण नगरपालिका ५ घर भई हाल नेपालगन्ज १८ बस्ने करिब १८ वर्षिय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेकाे र मृतककाे शव पाेष्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार