पुस १४ क्वालालम्पुर – मलेसियन अध्यागमन विभागले अवैध रूपमा मलेसिया प्रवेश गरेका छ जना आप्रवासीलाई पक्राउ गरेको छ।

मलेसियन अध्यागमन विभाग (JIM) बुधबार बेलुका राजधानी क्वालालम्पुर स्थित एकीकृत बस टर्मिनल (TBS) मा गरिएको विशेष अपरेसनमा अवैध मार्गबाट ​​मलेसिया प्रवेश गर्ने ५ पुरुष र १ महिला पक्राउ परेको अध्यागमन प्रमुख निर्देशक दातो श्री खैरुल जैमी बिन दाउदले बताए।

उनिहरु ६ जनालाई नै सार्वजनिक बसबाट अवैध रुपमा क्वालालम्पुर पठाउदै गरेको सूचना पाएपछि अध्यागमन विभागको इन्टेलिजेन्स र स्पेशल अपरेशन डिभिजनका अध्यागमन अधिकारीहरूको टोलीले विशेष अनुसन्धान थाल्दा पाटी सुङ्गाई गोलोक केलान्तानमा अवैध बाटो हुँदै गैरकानूनी रूपमा स्वदेश प्रवेश गरेको आशंकामा उनिहरु पक्राउ परेका हुन।

विभागकाे टाेलीले पूर्वी तटीय राजमार्गमा छ जना मात्रै सवार बसलाई ट्र्याक गर्न सफल भएको र उक्त बसलाई टिबीएस स्टेसनसम्म पछ्याउदा त्यहाँ पुगेपछि दुईवटा बसका सबै यात्रुको छुट्टाछुट्टै चेकजाँच गर्दा ३५ देखि ५४ वर्ष उमेरका पाँच पुरुष र एक इन्डोनेसियाली महिलालाई पक्राउ गरिएको अध्यागमन प्रमुख निर्देशक दातो श्री खैरुल जैमी बिन दाउदले बताए।

उनिहरुलाई खानतलासी गर्दा सबै गैरकानुनी विदेशीहरूसँग छिमेकी देशहरूबाट बाहिरिने टिकटहरू र मलेसियाको प्रवेशका रुपमा नक्कली टिकटहरू, कानुनी रूपमा मलेसिया प्रवेश गरेको र सिमाक्षेत्रमा समेत अध्यागमन जाँच पास गरेकाे नक्कली प्रमाणपत्र समेत फेला परेका छन। उनिहरका राहदानीमा नक्कली टिकटहरू प्रयोग गरि ती सबैलाई कालोसूचीमा राखिएको भेटिएको र विगतमा अपराधका आधारमा मलेसिया प्रवेशमा रोक लगाइएको समेत कागजात फेला परेका छन।

पक्राउ परेका उनिहरुले मलेसिया प्रवेश गर्नुअघि इन्डोनेसियाबाट छिमेकी मुलुकमा ट्रान्जिटको लागि विमानमा लगेर आफ्नो मोडस अपरेन्डी परिवर्तन गरि सिन्डिकेट नेटवर्कले सीमानाका अवैध बाटोबाट मलेसिया प्रवेश गर्न उक्त समूहलाई यातायात र अन्य सुविधा दिएर मलेसियाको राजधानी क्वालालम्पुरको लागि नजिकैको बस स्टेसनमा लिन लागेको बुझिएको छ।

उनीहरु सबैले मलेसिया प्रवेश गर्दा अध्यागमन जाँचका लागि रिपोर्ट नगरेको स्वीकार गरेका छन् । अर्कोतर्फ, राहदानी सम्वन्धी मामिला आश्रय ट्रान्जिट हाउसमा बसेर सिन्डिकेटले व्यवस्थापन गर्ने गरेको छ । तिनीहरूको प्रवेशको उद्देश्य भनेको सिन्डिकेटले पहिले नै व्यवस्था गरेको क्वालालम्पुर वरपर पूर्व रोजगारदाता वा नयाँ रोजगारदातासँग फेरि काम गर्नु रहेको छ भने उनिहरु यसरी मलेसिया प्रवेश गर्नका लागि एजेन्टलाई मलेसियन ५ हजार देखि ६ हजार सम्म दिएको बताएका छन।

उनिहरु विरुद्ध अध्यागमन ऐन १९५९/६३ र मानव बेचबिखन तथा आप्रवासी तस्करी विरोधी ऐन २००७ (एटिप्सोम) अन्तर्गत अपराध गरेको आशंकामा सोधपुछमा गरिरहेकाे र पक्राउ परेका ६ जनालाई पुत्रजया अध्यागमन डिपोमा अनुसन्धानका लागि हिरासतमा राखिएको अध्यागमन प्रमुख निर्देशक दातो श्री खैरुल जैमी बिन दाउदले बताए।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार