मंसिर २८ कपिलवस्तु – जिल्लाकाे शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको हत्या भएको छ। महिलाको टाउकाे,मुख र शरिरका विभिन्न भागमा धारिलो हतियार प्रयाेग गरि छेदबिच्छेद अवस्थामा शव रहेकाे वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

महिला दाङ सतवरिया घर भएकी ५१ वर्षीया सुशीला खड्का रहेकि छन। उनी चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकाेे खुलेको छ। उनीसँगै भतिज तारणबहादुर खडका पनि बस्दै आएको स्थानीयले बताए ।

अहिले साेधपुछकाे लागि प्रहरीले तारणबहादुरलाई नियन्त्रणमा लियकाे छ । उनकाे बयान र स्थानीयकाे भनाइ अनुसार अनुसन्धान बढाइएकाले हत्यारा काे हाे र किन गरियाे भन्ने भन्न नसकिने प्रहरी निरीक्षक खरेलले बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार