पुस ९ धनुषा – आफ्नै पसलभित्र बसिरहेका एक जना माथि अज्ञात समुहले गाेली प्रहारबाट एक जनाकाे मृत्यु भएको छ।
शनिबार बेलुका मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका -२ बस्ने ४० वर्षीय धनुक दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
दासको बायाँ पाखुरामा गोली लागेको छ। गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँन बित्तिकै अस्पतालले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले बताए।
गोली कसले र किन चलाएको भन्ने अहिलेसम्म एकिन नभएकाे र माेटरसाइकलमा आएर गाेली प्रहार गरि भारत तर्फ भागेकाे स्थानीयबाट खबर पाएकाे र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए।