पुस ९ सल्यान – गत कात्तिक ८ गते देखि हराइरहेका एक पुरुष भेरी नदिमा मृत फेला परेका छन।

शुक्रबार बेलुकी करिब ५ बजेतिर बनगाड कुपिण्डे नगरपालिका -२ कालाभिर, कुनिंगा नजिकै भेरी नदीमा तैरिरहेको अवस्थामा एक पुरुषकाे शव फेला परेको थियाे।

अनुसन्धान गर्ने क्रममा उक्त शव जाजरकोट भेरी नगरपालिका ३ का अन्दाजी २६ वर्षीय विक्रान्त केसीकाे रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक गाेपाल श्रेष्ठले बताए।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार