पुस ५ पाल्पा – सडक दुर्घटनामा परि एक जनाकाे मृत्यु भएको छ।
रिब्दीकोट गाउँपालिका- ४ भैरवस्थान स्थित बाहुन डाँडामा मंगलबार बेलुका ५ बजेतिर लु१ख ९१३४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु ६८ प २०५ नम्बरको मोटरसाइकल साेहि ट्रकमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटना परि माेटरसाइकलकाे पछाडि सवार सोही गाउँपालिका -६ ठिमुरे बस्ने ३० वर्षिय नरबहादुर गाहाकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।
माेटरसाइकल चालक रिब्दीकोट गाउँपालिका- ६ बस्ने २६ वर्षिय शेरबहादुर गाहाकाे अवस्था सामान्य रहेको र ट्रक चालक तानसेन नगरपालिका -१४ बस्ने ३६ वर्षिय रेम थापालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।