पुस ४ बुटवल – सार्वजनिक स्थानहरुमा यौनजन्य ईशारा एवम् संकेत गर्दै अभद्र व्यवहार गर्ने महिलाहरु पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिकाका विभिन्र सार्वजनिक स्थानहरुमा यौनजन्य ईशारा एवम् संकेत गर्दै अभद्र व्यवहार गर्ने बुटवल उपमहानगरपालिका -२ बस्ने २३ वर्षीया मालिका सुव्बा, २९ वर्षीया प्रेङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

समूह बनाई महिला, यात्रु तथा अन्य व्यक्तिलाई अपशब्द बोल्ने, यौनजन्य ईशारा संकेतहरुबाट जिस्काउने हातपात वा हैरानी गर्ने गरेकाे खबरका आधारमा अनुसन्धान गर्दै जाने क्रममा उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कमर्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको डिएसपी केसीले बताए ।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार