मंसिर ४ प्युठान – सामाजिक सञ्जालमा भाइरल मिन बहादुर बुढा उर्फ `भेलु बाजे´ काे अश्लील गतिविधि उनका सहयोगी मिडिया नियन्त्रण गर्न एक जनाले जिल्ला प्रशासन कार्यालय प्युठानमा ज्ञापन पत्र बुझाएका छन।

मंगलबार झिमरुक गाउँपालिका -३ प्युठानका सुवास जिसीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ प्युठान शाखालाई बाेधार्थ गर्दै प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएका हुन।

सामाजिक संजालमा विभिन्न मिडिया मार्फत भेलु बाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनका गतिविधि नियन्त्रण गर्न माग गर्न भन्दै ‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे र उनलाई प्रोत्साहन गर्ने मिडिया तथा व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ।’ ज्ञापनपत्रमा उल्लेख छ।

सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मुल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुने तर्फ माेडिने समेत ज्ञापन पत्रमा उल्लेख छ।

त्यस्ता गतिविधिमा संलग्न भेलु बाजे र उनलाई पाेत्साहन गर्ने युटुबरलाई सम्पर्क गरि बुझेर उनिहरुकाे गतिविधि नियन्त्रणमा लिने प्रजिअ नेपालले आश्वासन दिएकि छन।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार