पुस २ सल्यान – बागचौर नगरपालिकाे आयोजनामा भएको नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।

बागचौर नगरपालिका भित्रका विभिन्न १० वटा स्वास्थ्य संस्थाहरुमा मङसिर २४ गते देखी २८ गतेसम्म निःशुल्क मोतिबिन्दु छनोट शिविर संचालन गरिएको थियो । उक्त शिविरमा जम्मा ९३८ जनाको आँखा चेकजाँज गरेकाेमा २८० जनामा मोतिविन्दुको समस्या रहेको पाइएको थियाे।

जस मध्ये १३४ जनाको मोतिविन्दुकाे सफल शल्यक्रिया गरिएको छ । मङसिर २९ र पौष १ गते जनकल्याण क्याम्पस थारमारेमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया शिविर संचालन गरिएको थियो । शिविरमा ५१७ जनाले आँखा जाज गराएका थिए, जसमध्ये १४१ जनाको ल्याव परिक्षण गरिएकोमा ल्याव रिपोर्ट अनुसार ७ जना बाहेक पुरुष ६७ जना र महिला ६७ जना गरी १३४ जनाको मोतिविन्दु शल्यक्रिया गरिएको थियो । ७ जनाको मोतिविन्दु शल्यक्रियाका लागि राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्गमा सिफारिस गरिएको छ ।

नगरपालिका भित्र आँखा सम्बन्धि समस्या भएका निम्न वर्गका नागरिकलाई सहज रुपले निःशुल्क आफ्नै घर नजिक सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले बताए। नगरपालिकामा अब चाँडै महिलाहरुको स्वास्थ्य समस्या सम्बन्धि शिविरको आयोजना गर्ने पनि नगर प्रमुख गौतमले बताए।

बागचौर नगरपालिकाले राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्ग, नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपाल र लमही आँखा अस्पताल दाङ्गलाई शिविरमा आर्थिक सहयोग र प्राबिधिक सहयोग गरेकोमा कदर पत्र सहित सम्मान गरेको थियो भने प्राबिधिक रुपमा खटीएर आएका १८ जना प्राबिधिकलाइ खादा सहित सम्मान समेत गरिएको छ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार